बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा केन्द्रको विवाद कायमै रहेका बेला आज गोकुलेस्वरमा बिरोध प्रर्दशन गरिएको छ । गाउँपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा न. ३को पङ्सेरामै बनाउने चलखेल भएको भन्दै गाउँपालिकाको नेतृत्वविरुद्ध प्रर्दशन गरिएको हो ।
गाउँपालिकाको पहिलो बैठकले डिलाशैनी ७ धामीगाउँमा केन्द्र तोकेको तर पछिल्लो समय अन्यत्र सार्न चलखेल सुरु भएको भन्दै बिरोध भइरहेको डिलाशैनि संघर्ष समितिका संयोजक जयराज जोसीले बताए । उनिहरुले गाउँपालिकाका ४ वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडा न. ४, ५, ६ र ७ मा तालाबन्दी गरिएको अनेरास्वबियु नेता गोबिन्द गिरीले बताए ।
यसअघि गाउँसभाको बैठकमा बिज्ञ टोलीको सल्लाह अनुसार वडा न. ३ मै केन्द्र तोकिसकेको गाँउपालिका अध्यक्ष उकेन्द्र बोहराले बताएका थिए । तर त्यसपछि नेकपाका नेताहरुले पाट्रिको प्रदेश कमिटिले निर्णय गर्ने बताएका थिए । अहिले पार्टीको प्रदेश कमिटिले कुनै निस्कर्ष नदिएकै बेला गाउँपालिकाले भोली गाउँसभाको निर्वाचन गर्ने तयारी गरेको डिलाशैनी ७ का बिरेन्द्र धामीले बताए ।
डिलाशैनीमा नेकपाको बहुमत भएकाले पाट्रिले निर्णय गर्ने बताइएको थियो । भोली सोमबार केन्द ’bout चुनाव गर्न मिति तोकिएकोमा चुनाव हुनु ५ दिन अघिदेखि केहि वडाअध्यक्ष र वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्षले आफ्नो कब्जामा राखेको उनको आरोप छ ।
बिरोद्धकर्ताहरुले गोकुलेश्वरमा यातायात ठप्प गरेका छन् भने, ब्यापारिहरु समेत बिरोधमा उत्रेकाले पसलहरु आशिंक रुपले खुलेका छन् । यातायात ठप्प हुँदा दार्चुलाबाट तराईका जिल्लाहरुमा जाने गाडीहरु र बैतडीको गन्ना तथा गोकुलेश्वरबाट अन्यत्र जाने गाडीहरु चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।






