मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?

उदयपुर । ‘दैनिक गिट्टी नकुटी खान पाइन्न कसरी चुनाव ’bout बुझ्न हिँड्नु ?’ उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका– १२ मा घर भएको बताउने बोटकै श्रीमती बिन्दालाई पनि स्थानिय चुनाबका विषयमा चासो छैन ।

वैशाख ३० मा हुने चुनावको विषयमा चासो नहुने बोट दम्पती मात्र होइन । त्रियुगा नदीको त्रिवेणी घाटमा एक ट्रयाक्टर गिट्टी बेचेर १ हजार ज्याला लिने गरेका मन्जुर चौधरीले पनि चुनाबमा उठेका उम्मेदवारका विषयमा चासो नभएको बताए । ‘खेतीपाती गर्न जग्गा छैन’, उनले भनिन, ‘सडक नबढारे, गिट्टी नकुटे, अरुको खेतमा काम गर्न नगए चुलो बल्दैन । चुनावको विषयमा हाम्रो के चासो ।’

आसन्न स्थानीय तहको निर्वाचनले उदयपुरलाई मज्जाले तताएको छ । बजारका चोक, गाउँका चौतारा समेत उम्मेदवारको चर्चा सुरु भएको छ । तर, दैनिक रुपमा मजदुरी गरेर खानेका लागि चुनाबको कुनै रौनक छैन । ‘अहिलेसम्म हाम्रो बस्तीमा कुनै पनि उम्मेदवार आएका पनि छैनन् ।’ श्रीमान् श्रीमति मिलेर बालुवा चाल्दै गरेका रामकुमार चौधरीले भने, । त्रियुगा नगरपालिका– १३ मा घर ढलानको काममा सिमेन्ट र बालुवा घोल्दै गरेकी रामकुमारीले भनिन, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै व्यस्त हुन्छु के को चुनाब ?

दैनिक मजदुरी गरेर खानेहरु धेरै भेटिन्छन, जसलाई चुनावको कुनै चासो छैन । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा बसेर गिट्टी कुट्ने स्थानिय चुनावका विषयमा बेखबर जस्तै छन् ।

कम्युनिस्ट पार्टीहरुको मुखमै हुन्छ ‘सर्बहारा वर्ग’। अहिले त्यही ‘सर्बहारा वर्गलाई नै चुनाबको कुनै मतलब छैन । ‘बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट दिनु पर्ला ।’ त्रियुगा नदीको किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने ।

बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्र उम्मेदवारका मान्छे बस्तीमा आउने गरेको बताइन् । ‘चुनावको अघिल्लो दिन बस्तीमा भोज पनि खान दिन्छन,’ परियारले भनिन, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन, त्यसैलाई भोट हालिन्छ । अरूलाई नेता बनाउन हिँड्नु भन्दा बरु दिन भरि गिट्टी कुट्दा घरको चुलो बल्ने ति मजदुरको भनाइ रहेका छ ।

मझौला उद्योग, भवन निर्माण, भौतिक संरचना, सडक निर्माण जस्ता काममा लागेका सयौँ मजदुरलाई अहिले उदयपुरमा चुनाबको रौनकले छोएको छैन । निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लास्थित सबै पार्टीले घरदैलो अभियान, आमसभा, कार्यकर्ता भेला, प्रशिक्षण जस्ता रणनीतिलाई तीव्र पार्दै लगेका छन् । मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका काम तीव्र रूपमा भई रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । ‘यहाँ नेपाली काग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरु चुनाबी प्रचारमा प्रतिस्पर्धामा उत्रिएका देखिन्छ । उदयपुरको आठ वटै पालिकाहरुमा कडा रुपमा तिपक्षिय भिड्न हुने देखिन्छन ।’
जसले गर्दा अघिल्लो स्थानीय तहमा ८ पालिका मध्ये एमालेले ६ पालिकामा जित हाँसिल गरेको थियो । बाँकी काग्रेस एक माओवादीले एक पालिका जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित