एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय

टीकापुर(कैलाली) । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासहित धनगढीमा ट्रमा सेन्टर र सुविधासम्पन्न सरकारी अस्पताल सञ्चालनमा ल्याउने, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उल्लेख छ ।

१६ बुँदे घोषणा पत्रमा उपमहानगरको फजुल खर्च कटौटी गर्ने, भ्रष्टाचार शून्यमा झार्ने, हरेक वडामा एक÷एक प्राविधिक विद्यालय स्थापना गर्ने, नगरका हरेक संस्थागत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने, हरेक घरमा शुद्ध खानेपानीको धारा पु¥याउने प्रतिवद्धता गरिएका छन् ।

उपमहानगरका हरेक सडक कालोपत्रे गर्ने, नगरभित्रको खाली जग्गामा तरकारी खेती गरी किसानको आय आर्जनमुखी कार्यक्रम गर्ने, फलफूलको उत्पादन बढाउने र फूल खेती गरी आय आर्जन गर्ने, पशु बधशालाहरु व्यवस्थित गर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरु देशका भविष्य हुन भन्ने अवधारणा अनुसार नगरकको विकासका लागि युवाहरु परिचालन गरिने, हरेक वडामा खेल मैदान बनाएर स्वस्थ युवा बनाउने र युवा केन्द्रित उद्यमसिलतामा जोड दिइने घोषणापत्रमा जनाइएको छ ।

यस्तै उपमहानरभित्रका आवास बिहीनहरुका लागि आवास निर्माण गर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गरिने, राना थारु समुदायको उत्थानका लागि भाषा, कला, संस्कृति जगर्ने र प्रबर्धन गर्ने, धनगढीको डुबानको समस्या समाधान गर्ने एमालेको घोषणा पत्रमा भनिएको छ ।
धनगढीको मुख्य बजार सडक चौडा गरी यातायात सहज बनाउने प्रतिवद्धता गरेको छ ।

यसपाली गठबन्धनका तर्फबाट उमेदवार नृप ओडसँग एमालेका रणबहादुर चन्द र गठबन्धनकै उपमेयर शान्ति अधिकारी क्षेत्री (नेकपा माओवादी केन्द्र)सँग एमालेकी कन्दकला राना थारु चुनावी मैदानमा छन् । स्वतन्त्ररुपमा गोपाल हमाल पनि चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)