कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ।

नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि सार्वजनिक गरिएको सो सूचीमा कुल ७,११४ जना मतदाता रहेका छन्।

निर्वाचन समितिले प्राविधिक वा प्रक्रियागत कारणले छुट्न गएका नामावलीहरू अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने स्पष्ट पारेको छ। साथै, हाल प्रकाशित नामावलीमा कुनै दाबी, विरोध वा संशोधन आवश्यक परेमा तोकिएको संशोधित कार्यतालिका अनुसार केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ।

मतदाता नामावली

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य