कांग्रेसलाई जिताउन आरजुको आग्रह


डडेल्धुरा । तहमा काँग्रेसलाई जिताउन नेपाली काँग्रेस नेतृ डा. आरजु राणा देउवाले मतदाताहरुलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रि एवं काँग्रेस केन्द्रिय सभापती शेरबहादुर देउवा पत्नी डा.राणाले बुधबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा आयोजित काँग्रेस चुनावी सभालाई सम्बोधन गर्दै अवको निर्वाचनपछी देउवाको नेतृत्वमै सरकार गठन हुने भएकाले विकासका लागि स्थानीय तहमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरेकी हुन् ।

काँग्रेस फुटेर बिपीबाट पूर्व जिल्ला सभापती कर्ण बहादुर मल्लको समुह एमालेसंग तालमेल गरी चुनावमा होमिएको प्रसंग जोड्दै उनले एमालेलाई वैशाखी बनाएको बताईन् ।

पश्चिम सेती बनाउन भारतको एक कम्पनीले पत्र नै पठाई सकेको उल्लेख गर्दै राणाले परियोजना बने स्थानीले रोजगार पाउने बताईन् । पश्चिम सेती परियोजनामा स्थानीयले शेयर खरिद गर्न पाउने समेत उनको भनाई थियो । प्रधानमन्त्रि देउवाको भारत भ्रमणका बेला पञ्चेश्वर परियोनाको कुरा पनि भएकाले उक्त परियोजना समेत निर्माण हुने उनले बताईन ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित