कोशी पीडितको क्रन्दन, काठमाडौले सुनेन फेरि आन्दोलन

सप्तरी, राजविराज । ६ महिना अघि अनिश्चितकालिन रिले अनसन वसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशी पिडीतहरु फेरी आन्दोलित भएका छन् । उनीहरुले १५ दिन भित्र आफुहरुको माग पुरा गराउन पहल नगरिए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत आईतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै कोशी पिडीतहरुले यस्तो चेतावनी दिएका हुन् । कोशी पिडीतहरुद्वारा गठित कोशी नदी कटान डुवान पिडीत संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीका संयोजक महिदेव प्रसाद चौधरी तथा सह संयोजक ज्योति झा सम्मिलीत टोलीद्वारा बुझाइएको ज्ञापन पत्रमा १५ दिन भित्र कोशी पिडीतले उठाएका माग उपर सुनवाई नभए सुनसरीको चतरा देखी सप्तरीको कुनौली सम्म कोशी योजना अन्तर्गत हुने सबै निर्माण कार्यलाई अवरोध गरी ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।

ज्ञापन पत्रमा कोशी सम्झौता कार्यान्वयन गर्न गराउन,बालिको क्षतीपुर्ती भारत सरकारसंग उपलब्ध गराउन ठोस पहल गर्न तथा १ सय ९९ सय वर्ष लिजमा रहेको नेपाली किसानको जग्गा सुरक्षाको सुनिश्तिता कायम गराउन लगायतको तीन बुंदे माग अघि सारीएको छ । ज्ञापन पत्र उपर सुनवाई नगरिए १६ औं दिन पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गर्ने संयोजक चौधरीले बताए । वर्षाै देखी मुआब्जा र क्षतीपुर्तीको आशमा वसेका सुनसरी, उदयपुर र सप्तरीका गरी तीन वटै जिल्लाका कोशी पिडितहरुले संर्घष समिती गठन गरी गत साउन ३२ गते देखी कोशी ब्यारेज किनारमा अनिश्चितकालिन रिले अनशन शूरु गरेका थिए । तर चाडपर्व नजिकीएको भन्दै तीन महिना पछि असोज ८ गते आन्दोलन स्थगन गरेका कोशी पिडीतहरु फेरी तातिएका हुन् ।

कोशी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा,बालिनालीको क्षतीको मुृआब्जा,दुबै तटबन्ध विच जग्गाको सुरक्षा र २०११ सालमा भएको नेपाल–भारत कोशी सम्झौता कार्यान्वयनको माग गर्दै पटक पटक आन्दोलन थाल्दै आएको हजारौ कोशी पिडीतहरु दशकौं देखी मुआब्जा माग्दै संर्घषरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि