अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर

न्यूयोर्क । तीब्र गतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिकास्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो ।

अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । यसले थप मूल्यवृद्धि गर्ने र यसको असर संसारभर पर्ने अनुमान गरिएको छ । भारतको केन्द्रिय बैंकले अप्रत्यासित रुपमा व्याजदर वृद्धिको घोषणा गरेको छ । यसैगरी अस्ट्रेलियाको केन्द्रीय बैंकले हालै एक दशक भन्दा बढीमा पहिलो पटक ब्याज दर वृद्धि गरेको थियो ।

बेलायतको बैंकले पनि आजै पुनः आजैदेखि व्याजदर वृद्धि गर्ने जनाइएको छ । रुस युक्रेन युद्धका कारण संसारभर मुद्रा स्फिति बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

epaper

ताजा समाचार

दुई दिनमै ४ छोरी गुमाएकी विष्णु