‘षट्कोण’ र ‘लक्का जवान’बीच प्रतिस्पर्धा

काठमाडौं । कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम बढेको छ । यसैक्रममा शुक्रबारबाट दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छन् । केही साताअघिसम्म हप्तामा एउटा पनि नेपाली चलचित्र रिलिज हुँदैनथ्यो । तर, अहिले कोरोना घटेकै कारण दुईवटासम्म चलचित्र एउटै मितिमा जुधेको हल सञ्चालकहरू बताउँछन् ।

शुक्रबार रिलिज

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘षट्कोण’ मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलबाट आउँदै छ । यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेको हुन् । ‘साइको थ्रिलर’ जनरामा निर्माण भएको यो चलचित्र अहिलेको सिनेमा भन्दा केही फरक कथामा आफूले तयार गरेको निर्देशक काप्रीले बताएका छन् । आफ्नो फिल्म सस्तो मनोरञ्जनको फिल्म नभएको र फरक फिल्म भएकै कारण दर्शकलाई विशेष फिल्म लाग्ने पनि उनले बताएका छन् । ‘षट्कोण’बाटै मिलनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् ।

६ जना पात्रको आआफ्नै किसिमको भूमिका भएको र अपराध कथामा फिल्म केन्द्रित भएकाले यो चलचित्रको नाम ‘षट्कोण’ राखिएको पनि निर्माण पक्षको कथन छ । यो चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतको मुख्य भूमिका छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ ।

यस्तै, दीलिप रायमाझी, प्रियंका कार्की, वर्ष सिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसीसहित विभिन्न कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्का जवान’ शुक्रबारबाट मुलुका १ सय १८ वटा सिनेमा हलमा आउँदै छ । यो चलचित्र हास्यप्रधान रहेको यसका निर्माता एवं अभिनेता किरण केसीले बताएका छन्, ‘चलचित्र पूर्ण मनोरञ्जनप्रधान र हाँसोको खुराकले भरिएको छ । चलचित्रले हँसाउँदै गर्दा दर्शकलाई केही महत्वपूर्ण सन्देश पनि दिन्छ,’ केसीले राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्