प्रदेश २ मा एउटै व्यक्तिलाई पटक पटक सम्मान दिएपछि…

जनकपुरधाम । एकैजना व्यक्तिलाई एउटै सम्मान पटक पटक दिँदा त्यसलाई के भन्न सकिन्छ ? सम्बन्धकै भरमा सम्मान पाइरहेका छन् वा सो कार्यालयमा अन्य त्यस्तो योग्य कर्मचारी नै छैन । प्रदेश २ का प्रदेशसभा सचिवालयका एक सचिवलाई नै दुईपटक वार्षिकोत्सवमा पुरस्कृत गरेपछि अहिले प्रदेशसभा र ती सचिव चर्चाको विषय बनेका छन् ।

प्रदेशसभा स्थापनाको २ वर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवालयका प्रमुख सचिव रञ्जित यादवलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको छ । उनलाई ५१ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । यसअघि पनि पहिलो वार्षिकोत्सवमा सचिव यादवलाई नै उत्कृष्ट कर्मचारी घोषित गर्दै ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो । पटक पटक एकैजना सचिवलाई पुरस्कृत गरी अन्य कर्मचारीको कामको अवमूल्यन गरेको भन्दै सचिवालयका कर्मचारीहरु निराश देखिएका छन् ।

प्रदेशसभा स्थापना भएको बेलादेखि नै सचिव यादव सभामुख सरोजकुमार राय यादवका अत्यन्तै निकट भएकाले उनैलाई लगातार उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको कर्मचारीहरुको भनाई छ । एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘अन्य कुनै कर्मचारीको यहाँ कामको मूल्यांकन छैन । सभामुखको निकट र हर्ताकर्ता हुनुपर्छ । सचिवको हैसियतले धेरै जिम्मेवारी र कार्यभार हुनु स्वभाविक हो । यसको मतलब के सधैँ उनैलाई पुरस्कृत गरि बस्ने ?’

सचिव यादवले आफ्नै सिफारिसमा र आफ्नै निर्णयमा पुरस्कार लिएको अर्का कर्मचारीले आरोप लगाउँदै भने, ‘उत्कृष्ट कर्मचारीको दोश्रो पटक पनि पुरस्कार लिनु आफैँ बोक्सी आफैँ झाँक्री जस्तै हो ।’ प्रदेशसभामा सभामुख र प्रमुखसचिव सबै ठाउँमा देखिन्छन् । दुबैजनाको जोडीको सांसदहरु बीचमा पनि चर्चा चलिरहेको हुन्छ ।

पुरस्कृत सचिव यादवले प्रदेसभाका विभिन्न दलका सचेतकहरुको छनोटमा आफू उत्कृष्ट भएको र त्यसै अनुसार पुरस्कार ग्रहण गरेको बताए । वार्षिकोत्सव मूल समारोह समितिका संयोजक एवं राजपा नेपालका सचेतक परमेश्वर साहले आफूहरुले निर्माण गरेको मापदण्डमा सचिव यादव नै उत्कृष्ट भएकाले उनैलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरेको बताए ।

गएको वर्षमा पनि र यसवर्षमा पनि एउटै कर्मचारी उत्कृष्ट भए, उनी रहुञ्जेल अन्य कर्मचारी उत्कृष्ट नहुने भए भन्ने प्रश्नमा सचेतक साहले भने, ‘अरु कर्मचरी पर्न सक्थ्यो । तर हामीले बनाएको मापदण्डमा सचिव यादव नै परे ।’ प्रदेशसभा स्थापनाको बेला सचिव यादव उपसचिव भएर आएका थिए । सभामुखको निकट भएकाले उपसचिव यादवलाई सभामुखकै आग्रहमा प्रदेसशभाको प्रमुख सचिवको कार्यभार प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज