Saturday, September 25, 2021
Your Ads Here
Homeबिचारमुलुकी अपराध संहितामा बहुविवाह

मुलुकी अपराध संहितामा बहुविवाह

नयाँ अपराध संहिताअनुसार बहुविवाह गरे कैद र जरिमाना भई बहुविवाहले कानुनी मान्यता नपाई विवाह स्वतः बदर हुने भएपछि बहुविवाह गर्नेको संख्या ह्वात्तै घटेको छ

,
sharethis

एकसय पैसठ्ठी वर्षदेखि प्रचलनमा आएको १९१० सालको मुलुकी ऐन विभिन्न समयमा थपघट र संशोधन हुँदै २०७५ साल भाद्र १ गतेबाट खारेज भई उक्त ऐनको सट्टामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वय) २०७४ गरी ५ खण्ड र ९ भागमा वर्गीकरण गरिएको छ ।

विवाह दुई व्यक्तिको सामाजिक, धार्मिक तथा कानुनी रूपमा जीवन व्यतीत गर्ने समझदारीपूर्ण सम्बन्ध हो । धार्मिक मान्यतामा शास्त्रीय विधिविधान अपनाएर वरले कन्यालाई पत्नी र कन्याले वरलाई पतिका रूपमा ग्रहण गर्ने प्रक्रिया ‘विवाह’ हो । मुलुकी देवानीसंहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थाको दफा ६८ अनुसार विवाह, पुरुष महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हो ।

परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको बहुविवाहलाई समाप्त पार्न भन्दै २०७५ भाद्र १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा दोस्रो विवाह गर्न नहुने, गरे स्वतः बदर हुने भएको छ । यो कानुन लागू हुँदा यसको न त स्वागत भयो न त विरोध नै भयो । नयाँ अपराध संहिताअनुसार बहुविवाह गरे कैद र जरिमाना भई बहुविवाहले कानुनी मान्यता नपाई विवाह स्वतः बदर हुने भएपछि हाल आएर बहुविवाह गर्नेको संख्या भने ह्वात्तै घटेको छ ।

साबिक मुलुकी ऐन, बिहाबारीको महलको ९ मा कस्तो अवस्थामा बहुविवाह गर्न पाउने भन्ने विषयमा कानुनी आधारको उल्लेख गरेको पाइन्छ । जसअनुसार, स्वास्नीलाई यौनसम्बन्धी कुनै सरुवा रोग भई निको नहुने भएमा, स्वास्नी निको नहुने गरी बौलाएमा, स्वास्नीको कारणबाट सन्तान नभएको भन्ने नेपाल सरकारबाट मान्यता प्राप्त मेडिकल बोर्डबाट प्रमाणित भएमा, स्वास्नी हिँडडुल गर्न नसक्ने कुँजी भएमा, स्वास्नी दुवै आँखा नदेख्ने अन्धी भएमा, अंशवण्डाको महलको १० बमोजिम लोग्ने स्वास्नी भिन्नाभिन्नै बसेको अवस्थामा मात्र लोग्ने मानिसले दोस्रो विवाह गर्न पाउँछ भनी उल्लेख रहेको र ऐनको दफा ९
(क) मा दोस्रो विवाह गर्दा स्वास्नी निको नहुने गरी बौलाएको र अंश लिई भिन्न बसेकोमा बाहेक अन्य अवस्थामा भने विवाह गर्दा स्वास्नीको सहमति लिनुपर्छ भन्ने उल्लेख रहेको थियो ।

२०७५ भाद्र १ गतेबाट लागू भएको मुलुकी देवानीसंहिता २०७४ को दफा ८३ मा कस्तो अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्छन् भन्ने विषयमा उल्लेख छ । जसअनुसार पतिपत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानुनबमोजिम अंशवण्डा गरी भिन्न भएमा पुनः विवाह गर्न पाउने उल्लेख छ । त्यस्तै, मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसूरको दफा १७५(१) मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा बहुविवाह गर्न नहुने र ऐनतको को देहाय (२) मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन र उल्लेखित कसूर गरे वा गराउने व्यक्तिलाई दफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरीवाना भई उक्त विवाह स्वतः बदर हुने उल्लेख छ । यदि, पतिपत्नीबीच कानुनबमोजिम सम्बन्धबिच्छेद वा अंशवण्डा भई भिन्नभिन्न बसेको अवस्थामा भने त्यस्ता पुरुष वा महिलाले पुनः विवाह गर्न पाउने भन्ने ऐनको दफा १७५ को देहाय (३) मा व्यवस्था भएको पाइन्छ । कतिपय पुरुषले श्रीमती छोराछोरी गाउँमै राखी आफू सदरमुकाम, सहरमा जागिर खाई अर्थात पेसा व्यवसाय गरी बसेका हुन्छन् । आफ्नो पारिवारिक वास्तविक अवस्था पुरुषले नबताउने र महिलालाई पनि पुरुषको घर व्यवहार एवं वैवाहिक अवस्थाका बारेमा थाहा हुन नसक्ने हुँदा पुरुषको विश्वासमा परी कतिपय महिलाले अन्जानमा विवाद गर्ने गरेका हुन्छन् । यस्तो अवस्थामा त्यस्ती महिलाको हकमा भने मुलुकी अपराधसंहिताको विवाहसम्बन्धी कसूरको १७५(२) मा, कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भनी उल्लेख छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नयाँ मुलुकी देवानीसंहिताको दफा २०७ अनुसार बहुविवाह गरेका दम्पत्तिबाट जन्मिएका सन्तानले भने कानुनी मान्यता पाई त्यस्ता छोराछोरीले पितामाताबाट अंश पाउने कानुनी व्यवस्था रहेको छ । यसरी तिनै सन्तानलाई जन्म दिने पितामाता अर्थात् पतिपत्नीको विवाहले चाँहि कानुनी मान्यता नपाई विवाह बदर हुने अनि उनीहरूबाट जन्मिएका सन्तानले चाँहि कानुनी मान्यता पाउने भन्ने हालको कानुनी व्यवस्थाले वास्तविक न्याय नपरेको र हाम्रो जस्तो सदियौंदेखिको पारिवारिक सामाजिक मूल्यमान्यता र संस्कृतिलाई उक्त ऐनले चुनौती दिई पारिवारिक विखण्डनलाई प्रोत्साहित गरेको पाइन्छ ।
बहुविवाह बदर हुने नयाँ कानुनले महिला नै पीडित ः बहुविवाहमा कैद र सजाय भोगिसकेपछि पनि उक्त विवाह बदर हुने भन्ने हालको कानुनी व्यवस्थाले न्याय नपरेजस्तो देखिन्छ । त्यसमा पनि विवाह बदर हुँदा महिलाको हकमा भने धेरै अप्ठ्यारा र चुनौती रहेको पाइन्छ । सन्तान नै भइसकेकी महिलाको हकमा त हाम्रो जस्तो पितृसतात्मक पुरुष प्रदान देश, समाजमा झनै समस्या हुने देखिन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माफिया, तस्कर र बिचौलियाको सलबलाहट

जस्तै बिहे नगरी पुरुषसँग बस्ने महिला हिंसाबाट बढी पीडित हुने, एकपटक विवाह बदर भइसकेकी त्यस्ती महिलाको पुनः विवाह हुन गाह्रो हुने, हाम्रो परम्परादेखि नै चलिआएको संस्कारअनुसार विवाहपश्चात महिला श्रीमानको घर जाने हुँदा विवाह नै बदर हुने भएपछि त्यस्ती महिलाको घरबासको समेत ठेगान नहुने, वैवाहिक सम्बन्धले मान्यता नपाइसकेपछि महिला पतिविहीन भई एक्लो बेसहरा, जिन्दगी बिताई सम्पत्तिबिहीन भई आर्थिक समस्या समेत खेप्नुपर्ने र छोराछोरीले आमाबुबाको सम्बन्धका बारेमा सोधिरहने, उनीहरूको पालनपोषण शिक्षादीक्षा पारिवारिक मायाममता एवं अभिभावकत्वमा अभाव महसुश भइरहने, साथै विभिन्न सभा–सम्मेलन, भोजभतेर, पारिवारिक जमघटजस्ता कार्यक्रममा सबैका पतिपत्नी साथमा उपस्थित हुँदा त्यस्ती महिलालाई आफ्नो पति नहुँदा असहज एक्लो महसुस हुने पतिका बारेमा समाजमा अनावश्यक चाँसो टीकाटिप्पणी भई कुरा काट्ने काम व्यवहारले महिलाले जीवनभर मानसिक यातनाको सिकार खेपिरहनुपर्ने अवस्था आइरहन सक्ने देखिन्छ ।

विवाह बदर हुँदाकै अवस्थामा पनि त्यस्ती महिलाको हकमा केही न केही व्यवस्था हुने कानुनी प्रावधान भइदिएको भए केही राहत हुन्थ्यो उक्त कानुन ड्राफ्ट हुँदाकै अवस्थामा पनि महिलाको हकहित न्याय र समानताको ठूलाठूला कुरा गर्नेलगायत महिला अधिकार कर्मीले त्यसबारेमा आवाज उठाउन नसक्नु आश्चर्यजनक कुरा हो ।

यसर्थ, हालको मुलुकी अपराध संहिता, २०७४ को बुहुविवाहसम्बन्धी भएको कानुनी व्यवस्थामा भन्दा साबिक मुलुकी ऐनमा भएको बहुविवाहसम्बन्धी कानुनी व्यवस्थामा बढी मात्रामा महिलाको हकहितलाई ध्यान दिई हाम्रो सामाजिक मूल्यमान्यता, पारिवारिक एकता र व्यावहारिक पक्षलाई बढी जोड दिएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 473 times, 1 visits today)

आजको समाचार

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

साताका लोकप्रिय समाचार

सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

  काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

एमाले महाधिवेशन: पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

काठमाडौं । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

  पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै...

ट्रेन्डिङ

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)