सुनसान गाउँ, त्रासले कोही बाहिर निस्किदैँनन्


इटहरी । बस्ती चकमन्न छ । साँझ पर्नेबित्तिकै सुनसान र कोलाहलमुक्त हुन्छ, गाउँ । अन्य समयमा रातको १०,११ बजेसम्म चहलपहल हुने यो ठाउँमा अहिले दिउँसोको समयमै मानिसहरू सहजै भेट्न मुस्किल हुन्छ ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षका स्वतन्त्रण उम्मेदवार गणेश पौडेलले शनिबार बिहान आत्महत्या गरेपछि यो ठाउँ अहिले सुनसान छ ।

स्थानीय पत्रकार आरबी कटवालका अनुसार अन्य समयमा झण्डै रातको ११ बजेसम्म चहलपहल हुने यो ठाउँमा अहिले साँझको ७ नबज्दै मानिसहरू बाहिर निस्किन डराउँछन् । ‘अहिले साँझ पर्नेबित्तिकै एक घरबाट अर्को घरमा जान डराउनुपर्ने अवस्था छ,’ उनले भने, ‘बस्तीको चहलपहल अहिले सुनसानमा परिणत भएको छ ।’

गत शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय पौडेल झुण्डिएको अवस्थामा फेला परेका थिए । झुण्डिएको अवस्थामा फेला परेका पौडेलले सुसाइट नोट नै लेखेको फेला परेको थियो । सुसाइट नोटमा भनिएको छ ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’

नेपाली कांग्रेससँग आवद्व रहेका पौडेल ०७४ सालमा स्थानीय तहको निर्वाचनमा रामधुनी ८ बाट वडाध्यक्षको आकांक्षी थिए । तर, उनले पार्टीबाट टिकट पाएनन् । ०७९ को निर्वाचनमा पनि वडाध्यक्षको आकांक्षा राखेका पौडेलले फेरिपनि टिकट नपाएपछि उनमा नैराश्यता पैदा भएको स्थानीयको बुझाई छ ।

पौडेलको अकल्पनीय निधनपछि अहिले रामधुनी र इनरुवाका धेरैजसो चोक, गल्ली र चिया पसलमा उनकै चर्चा हुने गरेको छ ।
स्थानीय एक महिला भन्छिन्, ‘भर्खरै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदा कोही पनि खुलेर साथमा हिँडेनन् तर हामी भित्रभित्रै उहाँलाई नै सघाउने सोचमा थियौँ ।’

ती महिलाका अनुसार मृतक पौडेलका जेठा छोरा बाहिरी देशबाट आइतबार साँझ आएसँगै मृतकको शव सोमबार दिउँसो रामधुनीमा दाहसंस्कार गरिएको छ । अहिले श्रीमती, दुई छोरा र एक छोरीले मृतक पौडेलको काजकिरिया गरिरहेका छन् ।

गत बुधबार घरबाटै हराएका पौडेल करीब ४८ घण्टापछि मात्रै भेटिएका थिए । टिकट नपाएपछि नैराश्यता, वैमनस्यता र पीडाबोधमा देखिने गरेका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनाव चिह्न कैँची पाएका थिए । उनको घर अगाडि अहिले पनि कैँची चुनाव चिह्नका पम्लेट, प्रचारहरू यत्रतत्र देखिन्छन् ।

‘बुधबार हराएर ४८ घण्टापछि भेटिँदा शुक्रबार पनि उहाँ भोट माग्नमै व्यस्त हुनुहुन्थ्यो, शनिबार बिहानै मृत अवस्थामा फेला पर्दा हामी पनि झसङ्ग भयौँ,’ ती महिलाले नाम नखुलाउने शर्तमा भनिन्, ‘उहाँको पक्षमा कसैले पनि खुलेर भोट माग्ने अवस्था थिएन, तर धेरै मान्छे उहाँकै पक्षमा थिए ।’

उनले अहिले यस ठाउँमा मानिसहरू त्रासमा बाँचेको बताइन् । ‘त्यो आँपको रुख हेर्दा पनि बिरक्त लाग्छ, उहाँ विकासप्रेमी हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘तपाईँलाई कहाँ, कस्ले, कसरी अपहरण ग-यो भनेर हामीले सोध्दा यो समस्या मेरो हो भन्नुहुन्थ्यो ।’ पौडेलकै शब्द स्मरण गर्दै उनले थपिन्, ‘यो मेरो समस्या हो, तिमीलाई भन्न मिल्दैन भन्नुहुन्थ्यो, आफूभन्दा ठूला मानिसलाई प्रश्न सोध्ने होइन भन्ने किसिमका जवाफ पनि आउँथ्यो ।’

ती महिलाका अनुसार पौडेलमा पछिल्लो केहीदिनयता वितृष्णा पैदा भएर मानसिक समस्या भएका कारण घटनाले आत्महत्याको रुप लियो । सोही वडाका स्थानीय एक पुरुषका अनुसार पौडेल इमान्दार, शीष्ट, शालीन र भद्र मानिस थिए । जनताको समस्यामा तुरुन्तै ‘रेस्पोन्स’ गर्ने उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

‘यो ठाउँमा कोही कांग्रेस नहुँदा एकै घरमात्रै रुखको झन्डा गाडेर बसेका मान्छे हुन्, तर पछि युवाहरू हाबी भएपछि उनलाई कसैको साथ भएन । सोही कारण यो घटना निम्तियो,’ ती पुरुष भन्छन्, ‘हामीजस्ता मध्यम बर्गीय मानिसले स्थानीय नेतृत्व गर्छु भन्दा पाउने अवस्था छैन, हरेक ठाउँमा पुँजीपती हाबी हुन्छन् ।’

मृतककी श्रीमती विमला पौडेलले स्थानीयलाई भनेअनुसार बैशाखभर चुनावमा व्यस्त भएका कारण उनी घर राति आउँथे । सुत्दा पनि अर्कै ओछ्यानमा सुत्थे । तर, शुक्रबार साँझ भने छिट्टै घर आएका पौडेल बैशाख महिना सुरु भएदेखि त्यसैदिन मात्रै श्रीमतीसँग सुतेका थिए । सँगै सुतेपनि राति कतिबेला उनले आत्महत्या गरे भन्ने’bout अझैसम्म खुलेको छैन । तर, बिहानमात्रै घरनजिकैको आँपको रुखमा शव भेटिएपछि परिवारमा पीडा थपिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार मृतकको पोस्टमार्टम रिपोर्ट नआएका कारण घटना’bout केही खुल्न सकेको छैन । ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै हो,’ एसपी थापा भन्छन्, ‘उनी अपहरणमा परेको खबरपछि हामीले सोधपुछ गर्दा पनि आफैँ राजनीतिबाट दिग्दार भएर घरबाट हिँडेको बताएका छन् ।’

मृतक पौडेल राजनीतिबाट दिग्दार भएर घरबाट हिँडेको र ती कुराहरू प्रहरीसँग अडियो, भिडियो नै सुरक्षित रहेको एसपी थापाले बताए । ‘उनले बयान दिएको अडियो, भिडियो हामीसँग सुरक्षित छ,’ उनले भने, ‘उनमा चन्चलता थियो, एकैठाउँ, एकैछिन रहन सक्ने अवस्था थिएन । परिवारले पनि काउन्सिल गर्नुपर्ने अवस्था थियो ।’ घटना’bout प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर