तुलसीपुर । दाङको तुलसीपुरमा गएराति खुरी प्रहारबाट ४ जना घाइते भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते हुनेमा तुलसिपुर–४ बस्ने २८ बर्षका कुल बहादुर ओली, सोही ठाउँ निबासी २२ बर्षका प्रेमप्रकाश खड़का, ३० बर्षका चन्द्र बहादुर ओली, र २८ बर्षका रमेश खड़का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घाइते मध्य कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भिर भएको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको डिएसपी अर्यालले बताए ।
खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ बर्ष सुसिल गन्धर्वलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ बर्षका सुमन नेपाली, २० बर्षका सुदन नेपाली फरार रहेको प्रहरीले बताएको छ । स्थानीयको पुजामा नाँच हेर्न गएका युवाहरु बीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो ।