काठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा भैरहेको छ । दुई वटा गणनास्थलबाट भइरहेकोमा त्यसलाई बढाएर पाँच ठाउँमा गन्न थालिएको छ । ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका केहिको परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणना भइरहेको छ । कम मतगणनास्थल र सिमित गणकका कारण मतगणना ढिलो भइरहेको छ ।

खासगरी महानगर उपमहानगर र नगरपालिकाहरुको मतगणनाको गती ज्यादै सुस्त भएको गुनासो आएको छ । निर्वाचन आयोगले छिटो मतगणना सकेर जेठ ५ गते नै स्थानीय तहको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पने गरी कार्यतालिका बनाएको छ ।

तर ढिलो मतगणनाले त्यो कार्यतालिका भने प्रभावित हुने देखिएको छ । काठमाडौंमा भैरहेको मतगणनामा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले शुरुदेखि नै अग्रता लिइरहेका छन् ।

५ हजार ९ सय ८६ मत गणना हुँदासम्म बालेन शाहले २०७१ मतका साथ अग्रता कायम गरेका छन् । उनले एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनकोतर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँगको मतान्तरलाई बढाउँदै लगेका छन् । एमालेका स्थापितको ११६४ छ भने सिहको १००६ मत रहेको छ ।

यसैगरि ललितपुरमा कांग्रेसका चिरिबाबू महर्जनले २१९ एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत प्राप्त गरेका छन् । ललितपुर महानगरको मतगणना विहानबाट पुनः शुरु गर्ने गरी स्थगित गरिएको छ ।

यसैगरी भरतपुर महानगर पालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदरवार रेणु दाहालले ५६९ मत प्राप्त गर्दा उनका निकटता प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ५१९ मत पाएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले १८८ मत पाएका छन् । पोखरा महानगर प्रमुखमा एकिकृत समाजवादीमा धनराज आचार्यले ११६ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाको १०८ मत छ ।

यस्तै विरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहको ३२० मत हुँदा एमालेका विजय सरावगीको २७० मत छ भने विराटनगरमा कांग्रेसका नागेश कोइरालाको १ हजार ३८ मत हुँदा एमालेका सागरकुमार थापाको ७७४ मत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 629 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता