म्यादी प्रहरी माथि खुकुरी प्रहार

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal


टीकापुर(कैलाली) । आइतबार राति बाजुराको मार्तडीमा डिउटीमा खटिएका तीन जना म्यादी प्रहरी माथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट तीन जना म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

खुकुरी प्रहारबाट बुढीगंगा–४ का २० वर्षीय पुष्प कटुवालमाथि खुकुरी प्रहार हुँदा उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त रहेको प्रहरीले जनाएको छ ।

कटुवालसँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापा पनि सामान्य घाइते छन् । खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गिन्द्र बोगटीले बताए ।

बोगटीका अनुसार पक्राउ गरिएका कार्कीबाट खुकुरीसमेत बरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो । प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नाैमूलेमा प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा समाजवादी विजयी