धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै


धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राखेको अग्रता कायमै छ । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ८ हजार ७०० गणना भएको छ । जसमा हमालले ३ हजार ८२९ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन् ।

मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ