इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २० मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी २० मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला सदस्यमा धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन् । यस्तै, दलित महिला सदस्यमा कुमारी बिकले २,२४१ मत प्राप्त गरेकी छन् । उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेकपा एमालेबाट महिला सदस्य कल्पना खड्का चौहाले १,७७१ मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा खड्कुमारी बिकले १,७२५ मत प्राप्त गरिन् । खुल्ला सदस्यमा रवीन्द्र भट्टराईले १,७५५ मत प्राप्त गरेभने खुल्ला सदस्य ले शान्तिबहादुर घिमिरेले १,६०४ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी