कैलालीमा खाता एमालेले खोल्यो


धनगढी । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् ।

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन् । थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन् । त्यसैगरी छ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी