पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले मतान्तर बढाउँदै लगेको छ । ११ हजार ५ सय ९३ मत गणनामा सत्ता गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ५ सय मतान्तरले पछि पारेका छ्न ।

पछिल्लो परिणाममा आचार्यले ५ हजार ७ र थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले सार्वजनिक गरेको पछिल्लो परिणाममा उल्लेख छ ।

राप्रपाका शंकर खरालले ४ सय ४१ ल्याउँदै तेस्रो स्थानमा छन् । स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले २ सय २ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी मञ्जुदेवी गुरुङले ५ हजार १ सय १० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५ हजार ६४ मत प्राप्त गरेका छन् । मञ्जु यसअघि पनि उपमेयर हुन् ।

पोखराका कुल ३३ वडामध्ये हालसम्म वडा १,२ र १२ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिले वडा ३, ४, २३, २४, २५ को गणना जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ