बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी

काठमाडाैं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई नेतृत्वको टिम विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई १२७० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

बूनपा १० को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार भट्टराईले २५७१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डोरप्रसाद आचार्यले जम्मा १३११ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा नवराज भट्टराई निर्वाचित हुँदा महिला वडा सदस्यमा नेकपा एमालेकै रिता दाहाल, दलित महिला सदस्यमा दिल कुमारी बि.क., खुल्ला सदस्यहरुमा चन्द्रमान श्रेष्ठ र देवी रेग्मी समेत अत्याधिक मतल विजयी भएका छन् । खुल्ला सदस्यका देवी रेग्मी बाहेक सवै उम्मेद्वारहरु गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित बूनपा १० का जनप्रतिनिधिहरु हुन् ।

प्राप्त मत परिणाम अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. १० सम्म आईपुग्दा नगरप्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेकै उम्मेदवारहरुको वर्चस्व देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी