भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी


टीकापुर(कैलाली) । कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई हराउँदै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेका छन् ।

भजनीसँगै नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका गरी ३ वटा स्थानीय तहमा जित निकालेको छ । जानकी गाउँपालिकामा पनि उन्मुक्ति पार्टीकै उम्मेदवार गणेश चौधरीले अग्रता लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा