पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायमै गरेको छ । मतगणना सुरु भएको एक साता बित्दा पोखराको ६० प्रतिशत मतगणना सम्पन्न भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख ४३ हजार २ सय २६ मतदानमध्ये शनिबार दिउँसोसम्म ८६ हजार २ सय ५७ मतगणनामा गठबन्धनअन्तर्गत समाजावादीका धनराज आचार्यले अग्रता कायमै राखेका हुन् ।

उनले ३४ हजार ८ सय १९ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् । आचार्य ३ हजार ४ सय ४५ मतान्तरले अघि छन् । नेकपा एमालेको पकड क्षेत्र भनिएका वडामा समेत थापाको पक्षमा अपेक्षाकृत मत आउन नसकेपछि आचार्यलाई जीतको सम्भावना बलियो बन्दै गएको पाइन्छ । पोखराका कुल ३३ वडामध्ये हालसम्म १९ वटा वडाको मतगणना सम्पन्न भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ८ सय ८१ र स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले २ हजार ३ सय ५० प्राप्त गरेका छन् ।

उपमेयरमा सत्ता गठबन्धनअन्तर्गत नेकपा एमालेले फेरि अग्रता लिएको । उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले ३५ हजार ७ सय ९९ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३५ हजार २ सय ८९ मत प्राप्त गरेकी छन् । केही दिनसम्म रानाभाटको अग्रता रहेकोमा पछिल्लो समय गुरुङ अघि बढेकी हुन् । दुवैबीच कडा प्रतिस्पर्धा छ । उपमेयरमा एमाले ५ सय बढी मतान्तरले अघि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार