बुटवल । लुम्बिनी प्रदेशको मुकाम रहेको रुपन्देही जिल्लाका अधिकाश पालिकाहरुको परिणाम सार्वजनिक भएको छ । शनिबार साँझसम्म जिल्लाका १६ पालिका मध्ये १५ पालिकाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस सबैभन्दा वलियो देखिएको छ ।
२०७४ को निर्वाचनको परिणामलाई हेर्दां कांग्रेसले यस पटक अत्याधिक पालिकामा जित निकालेको छ । ३ पालिकाको नेतृत्व जितेको कांग्रेसले १५ पालिकाको नतिजा सार्वजनिक हुँदा ९ पालिकामा झण्डा गाडेको छ । त्यो पनि बुटवल जस्तो एमाले किल्लाका रुपमा चर्चा गरिने पालिकामा ६ हजार भन्दा वढि मतान्तरमा जित निकालेको छ । गठबन्धनको भरपुर लाभ लिएको कांग्रेसले विगतमा गुमाएको बुटवल सहित, सैनामैना, सिदार्थनगर,लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित निकालेको छ । तर उसले यस पटक विगतमा जितेको देवदहमा नेतृत्व गुमाएको छ ।
त्यसैगरि कांग्रेसले जितेका पालिकाहरुमा कञ्चन गाउँपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, समरीमाई गाउँपालिकामा जित निकालेको छ । जितेका पालिका मध्ये कतिपय गठबन्धन गरेका हुन् भने कतिय एकल रुपमा कांग्रेसले जितेको हो ।
त्यो त १५ पालिकाको नजिता सार्वजनिक हुँदा नेकपा एमालले तीनवटा मा जित हाँसिल गरेको छ । उसले देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र गैडहवा गांउपालिकामा जित निकालेको हो । रुपन्देहीमा माओवादी केन्द्र, एकिकृत समाजावादीले कुनै पनि पालिका जितेका छैनन् भने जनता समाजवादी पार्टिले रोहिणी गाउपालिका जितेको छ । उसले उपप्रमुखहरु भने दुई पालिकामा जितेको छ । त्यस्तै वाँकी दुई पालिकामा जनता प्रगतीशिल पार्टी विजयी भएको छ ।
चुनावी परिणामहरु हेदां रुपन्देहीमा राप्रपाले वलियो उपस्थिीति देखाएको छ । उसले रुपन्देहीको रोहिणी गाउपालिकामा उपाध्यक्ष जितेको छ भने ३ पालिकामा मुख्य प्रतिशपर्धीका रुपमा रहेको छ । राप्रपाले बुटवल, देवदह जस्ता शहरहरुमा पनि निकै राम्रो मत हासिल गरेको चुनावी परिणामले देखाएको छ । मत परिणमहरु आएका पालिकाका प्रतिनिहिरुको सपथ तथा पदस्थापनहरु पनि भैरहेका छन् । रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिह महरले जिल्लाको चुनावी परिणामहरु आउनेक्रम अन्तिम अवस्थामा पुगेको भन्दै आईतवार साझसम्म सबै परिणाम सार्वजनिक हुने बताए । उनले जिल्लाको निर्वाचन समान्य घटना वाहेक सबै शान्तिपुर्णरुमा सम्पन्न भएको प्रतिक्रिया दिए ।
परिणाम फेरवदलका आआफ्नै तर्क
रुपन्देहीमा यस पटक आएको निर्वाचन परिणामलाई विभिन्न ढंगले व्याख्या गरिएको छ । विगतमा पहिलो शक्तिका रुपमा रहेको एमाल यस पटक यसरी खुम्चीनुको कारण प्रदेश राजधानी मुख्य कारण भएको विश्लेषण गरिएको छ । लेखक तथा विश्लेषक युवराज कंडेलले बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी एमालले महासचिव शंकर पोख्रेलले केपी ओली र प्रचण्डलाई मिलाए दाङ सारेपछिको वदला चुनावमा देखिएको बताए ।
उनले भने ‘स्थानिय रुपमा गहन छलफल र वहस नगरि नेता मलिाएर राजधानी सार्दा रुपन्देहीमा एमाललेलाई धक्का लागेको हो ।’ यो प्रदेश र संघको निर्वाचन सम्म पनि कायम रहन सक्ने उनले बताए । निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिहरुले पुरा नगरेका कारण पनि जनताले फरक पार्टी र प्रतिनिधि चाहेको प्रतिक्रिया दिए उनले । नेकपा एमालेका युवा नेता देवराज पोख्रेलले पनि राजधानीको मुद्धाले एमाललेलाई रुपन्देहीमा झड्का लागेका स्वीकार गरे । उनले भने ‘राजधानी जस्तो विषयमा जनता र स्थानिय सघ संस्थाहरु संग समान्य छलफल नगरिनुको परिणाम चुनावमा देखिएको हो ।’ उनले त्यसको फाइदा दाङमा पनि लिन नसकेको बताए ।
नेपाली कांग्रेसका नेता युवराज गिरीले एमालले वोलेको कुरा पुरा गर्ने भन्दा जनतासंग भर्म छर्ने काम गर्दाको परिणाम भएको बताए । उनले सातै प्रदेशमा शुरुमा तोकिएका राजधानी कायमै रहदा बुटवलवाट दाङ राजधानी सार्नु पर्ने कारण एमालले पुष्टि गर्न नसकेको तर्क गरे ।
रुपन्देहीको तिलोत्तमामा कडा टक्कर
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले र कांग्रेस उम्मेदवारका विचमा प्रतिपर्दा देखिएको छ । एमालेले जितेको तिलोत्तमामा गठबन्धनका तर्फवाट कांग्रेस उम्मेदवार रामकृष्ण् खाँण छन् । उनि पार्टीका जिल्ला सभापती तथा गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई हुन् । त्यस्तै एमालेका तर्फबाट पुर्व पत्रकार मोहन चापागाई चुनावी मैदानमा रहेका छन् । १७ वडा रहेको तिलोत्तमामा आधा वडाको परिणाम सार्वजनिक भएको छ । जसमा वडाहरु गठबन्धनले वढि जितेपनि मेयरमा एमालले झिनो अग्रता कायमै राखेको छ । उपप्रमुखमा भने एमाले उम्मेदवार जागेश्वर चौधरीको निकै फराकिलो अग्रता रहेको छ ।
मतगणनाका क्रममा विवाद देखिएपछि दुई दिन रोकिएकोले सो पािलकाको नजिता आउन ढिलो भएको हो ।
रुपन्देहीका १५ पालिका प्रमुखको नजिता
१ बुटवल उपमहानगरपालिका मेयर
नेपाली कांग्रेस : खेलराज पाण्डे
२ सैनामैना नगरपालिका मेयर
नेपाली कांग्रेस : फडिन्द्र शर्मा वाग्ले
३ देवदह नगरपालिका मेयर
नेकपा एमाले : धुर्व खरेल
४ सिदार्थनगर नगरपालिका मेयर
नेपाली कांग्रेसः ईस्तियाक अहमद
५ लुम्बिनी सांस्कृति नगरपालिका मेयर
नेपाली कांग्रेसः सजरुद्धिन मुसलमान
६ कञ्चन गाउपालिका प्रमुख
नेपाली कांग्रेसः नवराज ढकाल
७ सुद्धोधन गाउपालिका प्रमुख
नेपाली कांग्रेसः विष्णु प्रसाद वस्याल
८ सियारी गाउपालिका प्रमुख
नेपाली कांग्रेसः थानेश्वर घिमिरे
९ ओमसतिया गापालिका प्रमुख
नेकपा एमाले : मञ्जित कुमार यादव
१० रोहिणी गाउपालिका प्रमुख
जनता समाजवादी पार्टि : विद्या यादव
११ मायादेवी गाउपालिका प्रमुख
नेपाली कांग्रेसः धुर्वनारायण चौधरी
१२ कोटहीमाईगाउपालिका प्रमुख
१३ समरीमाई गाउपालिका प्रमुख
१४ मर्चवारी माईगाउपािलका प्रमुख
१५ गैडहवा गाउपालिका प्रमुख
नेपाल एमाले : सुरेन्द्र पौड्याल
१६ तिलोत्तमानगरपालिका मतगणना जारी