बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा न. ३ को पङ्सेरामा राख्ने निर्णय भएको छ । आज बसेको गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो । गाँउसभाका सदस्यहरु जम्मा ३७ जना रहेकोमा आम २६जनाको उपस्थिती रहेको र जसमध्ये २६जनाले पक्षमा तथा १ जनाले बिपक्षमा मतदान गरेको गाँउपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए ।
गाउँपालिका अध्यक्ष सहित गरि आज जम्मा २७ जना गाँउसभा सदस्यको उपस्थीती थियो । तर गाँउपालिका अध्यक्षले भने मतदान गर्न नपाउने तर निर्णायक मत जाहेर गर्न पाउने प्रावधान रहेको छ । सोमबार उपस्थीत २५जना गाउँसभा सदस्यहरुले नै उक्त निर्णय सदर गरेकाले उक्त निर्णय प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकार मार्फत सघिंय सरकारलाई पठाउने अध्यक्ष बोहराले बताए । तर गाँउपालिकाको वडा न. ४, ५, ६ र ७ का बासिन्दाहरु भने वडा न. ७ मा गाउँपालिकाको केन्द्र बनाइनुपर्ने माग गरिरहेकाछन् । उनिहरुले यी चारओटै वडा कार्यालयमा ३ दिन देखि तालाबन्दी समेत गरेकाछन् ।
बैतडीको गोकुलेश्वरमा सडकमा टायर बालि प्रदर्शन
बैतडीको डिलाशैनी गाँउपालिकाको गोकुलेश्वरमा हिजोदेखि सुरु भएको बिरोध प्रदर्शन आजपनि जारी रहेकोछ । केन्द्रको बिवाद कायमै रहेकाबेला हिजोदेखि वडा न. ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरुले बिरोध प्रर्दशन गरेकाहुन् ।
बिरोधकर्ताहरुले सडकमा टायर बालेकाछन् भने, गोकुलेश्वरमा चक्काजाम समेत गरेकाछन् । अहिले सडकमा गाडी चलेका छैनन् । उनिहरुले हिजो गाँउपालिकाका वडा नं ४ कार्यालयमा तालाबन्दी समेत गरेका थिए । उनिहरुले गाँउपालिकाको केन्द्र वडा न. ७ को धामीगाउँमा हुनुपर्ने माग राखेकाछन् ।
अहिले गाँउपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा न. ३ को पङ्सेरामै बनाउने चलखेल भैरहेको भन्दै गाँउपालिकाको नेतृत्व बिरुद्ध संघर्ष गरिरहेकाहुन् । गाँउपालिकाको पहिलो बैठकले समेत डिलाशैनि ७ मा केन्द्र तोकेको र पछि सम्पर्क कार्यालय रहेको ठाउँमा स्थायी केन्द्र सार्ने चलखेल सुरु भएको भन्दै आफुहरुले बिरोध गरिरहेको डिलाशैनि संघर्ष समितिका जयराज जोसीले बताए ।
गाँउपालिकाबासीले आन्दोलन भईरहेको बिषयमा भने आफुलाई खासै जानकारी नभएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताउनुभयो । गाउँपालिका केन्द्रको बिवाद ’bout आज गाँउसभाको बैठक बसिरहेको र यस बिषयमा छलफल भईरहेको उनले बताए ।
अहिले गाउँसभा बैठक बसिरहेकोमा बिरोधकर्ताहरुले गाँउसभाको निर्णयलाई पर्खिरहेको र न्यायोचित निर्णय नआएमा झन ससक्त आन्दोलन गर्ने बताएकाछन् ।








