नायिका मिरुना मगर र फुर्बा तामाङबीच सहमती

काठमाडाैं । नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

मिरुना र फुर्बाबिचकाे विवादले दिउसाे कबड्डी ४ प्रदर्शन भएकाे सिनेमा हल केएल टावारमा विवाद हुँदा सिनेमाकाे साे नै राेकिएकाे थियाे । सामाजिक सञ्जालमा याे विवादले व्यापक चर्चा पाएकाे छ । रामबाबु गुरु ङ निर्देशित कबड्डी ४ दर्शकले निकै मन पराएकाे चलचित्र मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 805 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने