एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय गरेकाे छ ।

पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बडाउने निर्णय गरेको छ ।

छलफलमा ईन्चार्ज केजी श्रेष्ठ, सह ईन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश उप सचिब, रत्ना गुरुड लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

epaper

ताजा समाचार

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी