सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणालीसम्बन्धी विधेयक ल्याउन लागिएको बताए । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए । ‘सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ’, उनले भने, ‘डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।’

उनले डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेट वे’ बनाउने तयारी गरिरहेको जानकारी गराए । उनले औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचना प्रविधिको पनि चुनौती थपिएको बताए । मन्त्री खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गरे ।

अनलाइनमार्फत भुक्तानी बढाउन सरकार लागि परेको भन्दै उनले अनलाइनमार्फत भुक्तानी भए कागजी रुपैयाँको प्रयोेग घट्ने बताए । ‘हामी अनलाइनबाट नै सबै किसिमका भुक्तानी गर्न प्रणालीको विकासमा रहेका छौं’, उनले भने, ‘अनलाइनबाट भुक्तानी गर्ने हो भने रुपैयाँ छाप्नका लागि पैसाको पनि बचत हुन्छ ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुमन घिमिरेले पर्यटनको क्षेत्र व्यवस्थापन गर्नसके मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । सङ्घका अध्यक्ष सुशील भट्टले मुलुकको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको बताए । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्ने छ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि रहेका छन् । 
तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल