जिसस कास्कीमा एमालेको प्यानलै

पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
जिसस प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेल पोखरा २२ निवासी हुन् ।

उपप्रमुखमा सरिता कुमालले कांगे्रसकी उषा थापालाई हराउँदै चयन भइन् । सरिता कास्कीको रुपा गाउँपालिका निवासी हुन् ।
जिसस सदस्यमा हर्कबहादुर गुरुङ, राजु अधिकारी, बालिका सुवेदी, दलित तथा अल्पसंख्यक सदस्यमा गणेशबहादुर घर्ती जिसी, महिलामा सुकमाया नेपाली, सीतादेवी विक र लक्ष्मी दमै चयन भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

यसअघि, पोखरा महानगरको नगर कार्यपालिका चुनावमा पनि एमालेको प्यानल नै आएको छ । गत वैशाख ३० मा भएको स्थानीय तह चुनावमा पोखराको मेयर नेकपा एकीकृत समाजवादीले र उपमेयर एमालेले जितेको थियो । पोखराका कुल ३३ वटा वडामध्ये २३ वडा कांग्रेसले जित्दा, ९ वडा एमाले र १ वडा स्वतन्त्रको भागमा परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु