लागू औषध सहित दुई युवक पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाबाट लागू औषध सहित दुई युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक जितेन्द्र चौधरीको कमाण्डमा खटेको प्रहरी गस्ती टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा हरिवन १ भोक्टिनीबाट लागू औषध नाईट्रोभेट ३०६ थान ट्याब्लेट सहित युबक लाई प्रहरीले पक्राउ गरेको हरिवन प्रहरीले जनाएको छ ।

सोमबार साझ ५ बजेको समयमा अत्रौली भोक्टिनीबाट हरिवन तर्फ आउदै गरेको बा ५५ प ६७४५ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका वडा नं. ८ बस्ने २६ वर्षिय अनिल कुमार बलम्पाकी र सोही ठाउका २३ वर्षिय पारस खडकाको शरीर खानतलाशी गर्दा उक्त परिमाणको लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै युवकलाई आबश्यक कर्बाहीका   लागि इलाका प्रहरि कार्यालय हरिवन  राखी थप अनुसंधान भै रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको युवकले चलाएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो । पक्राउ परेका युबकलाई लागू औषध ओसार पसार समन्धी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाईने इलाका प्रहरि कार्यालय हरिवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 467 times, 4 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ