सर्लाही। सर्लाहीको बागमती नगरपालिकामा ट्याकटरबाट खस्दा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टरमा मजदुरीको काम गर्ने बागमती ७ तुफानपुरका ३२ वर्षिय रामपुजन सहनी रहेका छन ।
ट्याकटरबाट खसेर अचेत भएका युवक सहनीलाई उपचारको लागि बरहथवा तर्फ ल्याउदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादबले जानकारी दिनु भयो। मृत्क सहनी लेबरको काम गर्दै आएको ना २त ९९८९नम्बर को ट्याक्टर बाट खसेर युबक सहनि घाईते भएको थियो ।
टयाक्टर प्रहरीको नियन्त्रणमा भएपनि चालक फरार रहेकाले खोजी कार्य भै रहेको सर्लाही प्रहरीले जनाएको छ । मृत्क सहनीको शव जिल्ला अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक बिश्वमणी पोख्रेलले बताउनु भयो ।
तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)






