जन्मदिन मनाउन बोलाएर सामुहिक बलात्कार


नेपालगञ्ज । करिव एकवर्ष अघि फेशबुकमा मित्रता गाँसेर जन्मदिन मनाउने बाहानामा बोलाएर १६ वर्षिया किशोरीलाई मादक पदार्थ खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा ७ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर लिएको छ ।

बाँके बैजनाथका १७ वर्षिय किशोरले आफ्नो जन्मदिन मनाउन बोलाएका १६ वर्षिया किशोरीलाई आफुसहित ५ जनाले सामुहिक बलात्कार गरेका थिए । दुई जना पीडितलाई घर पुराउने कार्यमा संलग्न रहेको मतियारको आरोपमा प्रहरी नियन्त्रणमा परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बाहानामा बोलाई मदिरा सेवन गराई दुई स्थानमा सामुहिक बलात्कार गर्ने ५ जना र मोटरसाईकलमा राखेर घर पुराउन मद्दत गर्ने दुई जना मतियार गरी ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरेको जानकारी दिए ।

प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै जेठ २१ गते साँझ ४ बजे भेट्न बोलाएपछि आएकी १६ वर्षिया किशोरीलाई हेमराज लगायत ५ जनाले सामुहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिव ४ बजे अर्धचेत अवस्थामा रहेकी किशोरीलाई मोटरसाईकलको बीचमा राखेर घर पुराउन लैजादै गर्दा प्रहरीले मोटरसाईकल रोकेर केरकार गर्न थालेपछि घटना बाहिरएको हो ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी नेपालगञ्ज तर्फ आउन हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएर तीन जना मोटरसाईकलमा चढ्नुको कारण सोध्दा घटना सार्वजनिक भएको थियो ।

प्रहरीले मोटरसाईकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियोे । प्रहरीले बाँके बैजनाथ–८ झिगौराका २० वर्षिय बिश्वनाथ थारुले चलाएको मोटरसाईकलमा बिचमा किशोरीलाई राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाईकलमा किशोरीलाई घरतिर लिएर जाने दुबै घटनाका मतियार हुन् ।

जन्मदिन मनाउन भनेर हेमराजले बोलाएर किशोरीलाई शुरुमा बाँके–बर्दियाको सीमानाको मानखोलाको जंगल लगेर घरेलु मदिरा सेवन गराई ४/५ जनाले सामुहिक बलात्कार गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बेहोस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर२४ वर्षिय बिक्रान्त थारु लगायत २ जनाले बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको जनाएको छ । प्रहरीले घटनामा संलग्न पीडक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसंन्धान सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित