प्रधानमन्त्री देउवालाई लोसपाको ज्ञापनपत्र

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

सो पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने सुनिश्चितता गर्नसमेत माग गरेको छ । जसपाभित्र विवाद बढेर विभाजनको नजिक पुगेका र लोसपा सरकारमा जान अग्रसर भइरहेका बेला यो ज्ञापनपत्र बुझाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी