खतरामा बाघको बासस्थान

चितवन राष्ट्रिय निकुञ्जभित्र र आसपासका मध्यवर्ती क्षेत्रमा बाघले मानिस माथि गर्ने हमलाको घटना बढ्दै गएपछि पनि आवश्यक सतर्कता नअपनाइनुले यसपछि पनि धेरै स्थानीय बाघको सिकार हुने सम्भावना बढेर गएको छ । निकुञ्जमा बाघको संख्या बढेर गएसँगै मध्यवर्ती तथा बस्तीनजिकका इलाकामा पनि बाघले आफ्नो बासस्थान निर्माण गरेर त्यसको सुरक्षा गरिरहेको देखिन्छ । निकुञ्ज र यसको मध्यवर्ती इलाकामा बितेका ११ महिनामा १४ मानिसको बाघको आक्रमणबाट ज्यान गइसकेको छ । यो संख्या गतवर्ष बाघको आक्रमणबाट ज्यान गुमाउन पुगेका ४ जनाको तुलनामा निकै बढी हो । पछिल्लो समयमा बाघको आक्रमण मध्यवर्ती वन क्षेत्रभित्र हुन थालेकाले अब निकुञ्जमा बाघको संख्या ह्वात्तै बढेर गएको अनुभूति स्थानीय जनतामा पनि हुन गएको देखिन्छ । गाईबाख्रा चराउन गएका, निउरो टिप्न गएका, हात्ती चराउनगएका र घाँस दाउराका लागि मध्यवर्ती क्षेत्रमाप्रवेश गरेकाहरू नै बाघको सिकार हुने गरेका छन् । बाघले मानिसमा सितिमिति आक्रमण गर्दैन ।

बरु मानिस आएको थाह पाएमा मानिसको उपस्थिति हुन सक्ने सम्भावित क्षेत्रबाट आफूलाई सुरक्षित र केही टाढाको दुरीमा राख्ने गर्दछ ।मानिससँग आपसी दुरी कायम गरेर बस्ने बाघले मानिससँग लडेर जोखिममोल्न पनिचाहदैन । यो बाघको स्वभावहो । बाघ जंगलको राजाहो । सिकार गर्दा अन्य बाघ तथा पशुपक्षीको इलाकामा छोटो समयका लागि द्रुतगतिमा प्रवेश गरे पनि यो आफ्नो इलाका भने हम्मेसी छाड्दैन । सिकार गर्ने, खाना लुकाउने, डमरु हुर्काउने, २४ घण्टा र चारै प्रहर सतर्क रहेर आफ्नो इलाका सुरक्षित राख्ने काममा यो निकै चतुर र उत्तिकै आक्रामक पनि हुन्छ । अरूको इलाकामाप्रवेश नगर्ने तर आफ्नो इलाकामा प्रवेश गरेका जीवजन्तु वामानिसलाई आक्रमण गरिछाड्ने यसको स्वभाव हुन्छ । जंगलको राजाभएकाले यसले आफ्नो सुरक्षाका लागि वासस्थान ’roundको क्षेत्रमा सीमा निर्धारण गरेको हुन्छ । उसले आफ्नो सुरक्षाका लागि निर्धारण गरेको सीमा क्षेत्रभित्र कोही कसैको प्रवेश उसकालागि ‘लड्न तयार हो’ भनेर दिएको हाँकसरह हुन जान्छ ।

त्यसैले उसले सुरक्षाका लागि निर्धारण गरेको सीमा इलाकामा प्रवेश गरेकाकोहीपनिउसको आक्रमणबाट बच्न सक्दैनन् । बाघको यो आक्रमण मानिसको सिकार गर्ने उद्देश्यभन्दा पनि बढी उसको सुरक्षासँग जोडिएको हुन्छ । निकुञ्जमा बाघको संख्या बढेपछि यसको बासस्थानको विस्तार हुनु पनि जरुरी हुन्छ । बाघ समूहमा बस्ने प्राणी होइन । यो एक्लाएक्लै बस्न मन पराउने र आफ्नो एकलौटी राजमा रमाउने हिंस्रक प्राणी हो । मानिससँग यसले सकभर चुनौती खडा गर्न चाहँदैन, तर मानिसले चुनौती खडा गरेको बोध भएमा आक्रमण गर्न र मार्न पनि पछि पर्दैन । आफ्नो सुरक्षाइलाकामा प्रवेश गरेको जोकसैलाई पनि यसले ठाडै चुनौती दिएको ठान्छ । बाघ आफैंमा लोप हुँदै गएको प्राणी हो । यसले आफ्नो रक्षाका लागि जस्तोसुकै जोखम उठाउन पनि तयार हुन्छ ।

एक्लै रमाउने, पोथी बाघबाहेक प्रायः एक्लो जीवन बिताउने, निश्चित क्षेत्रफललाई आफ्नो राज्य बनाउने, यसको सीमा निर्धारण गर्ने र जुनसुकै मूल्यमा पनि आफ्नो ज्यान जोगाउन तयार रहने आक्रामक स्वभावका कारण बाघको बासस्थान हरेक बाघका लागि एक राज्यसरह निश्चित क्षेत्रफल चाहिन्छ । त्यो सीमा र क्षेत्रफलभित्र पुगे बाघले आक्रमण गर्दछ । यस अतिरिक्त बुढो भएको, घाइते बनाइएको, बच्चासहितको, भोकाएको, लखेटिएको, थाकेको र जम्काभेट भएको बाघले मानिसमाथि आक्रमण गर्दछ । बाघको संख्या बढेसँगै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकापनिअब बाघको बासस्थानमा परिणत हुँदै गएको देखिन्छ । यो इलाकालाई निकुञ्जको भित्रिइलाका घोषणा गरी मानव आवतजानतमा प्रतिबन्ध लगाइनुपर्छ । यसो गरे मात्र बाघको बासस्थानको रक्षा हुन जाने भएकाले मानिसमाथिको आक्रमण कमगर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी