मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१ तिमाङ मनाङमा हाई अल्टिच्युड खेल मैदानको निर्माणले तीव्रता पाएको हो । जहाँ अहिलेसम्म १ करोड ६३ लाखभन्दा बढी खर्च भइसकेको छ ।

जिल्ला खेलकुद विकास समिति मनाङका प्रमुख दुधबहादुर गुरुङका अनुसार मैदान १ सय ३५ मिटर लम्बाइ र १ सय १२ मिटर चौडाइको छ । राखेपले यो मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाउने बताइसकेको छ । मैदानलाई अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न बनाउने तयारी गरेको र थप जग्गाको खोजी भइरहेको पहिलोपटक मनाङमा पाइला टेकेका राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बताए ।

मैदान अवलोकनपछि सिलवालले हाई अल्टिच्युड खेल मैदान बनाउन सम्भव भएको बताएका छन् । तीन महिन हिउँले ढाक्ने समयमा आइस स्केटिङ र अन्य सिजनमा फुटबल प्रशिक्षणका लागि यो तिङ्ला मैदान प्रशिक्षणका लागि उपयुक्त हुने सदस्यसचिव सिलवालले बताए । यस्तै, सदस्यसचिव सिलवालले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका सबै जिल्लामा गराउन मनाङले पनि आयोजनाको लागि दाबी गर्न सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले यस क्षेत्रको खेलकुद विकासमा खेलकुद मन्त्रालय र राखेपको चासो रहेको बताए ।

टासी घलेले २०६७ सालमा यहाँ हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने सपना बुनेको र त्यसले सार्थकता पाउन लागेकोमा खुसी देखिए । संघीय सांसद पाल्टेन छोवाङ गुरुङले १० लाख र प्रदेश सांसदले सांसद विकास कोषबाट ५ लाख गरी १५ लाख सहयोग गरेका छन् । आर्थिक वर्ष २०७६-७७ का लागि राखेपले ५० लाख छुट्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित