स्वास्थ्य राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानिय महिलाले वलीलाई दले कालोमोसो


तुलसीपुर । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री विमला कुमारी वलीले तुलसीपुरको वसपार्कमा एक महिलालाई कुटपिट गरेकी छिन् । मन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ वसपार्कमा घरमै पुगेर एकराज बस्नेतकी श्रीमति मिना भण्डारी र उनको छोरीलाई बिहान कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लले जानकारी दिए ।

मन्त्री वलीलाई स्थानिय महिलाले कालोमोसो दलेर कुटपिट गर्न थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालयमा लगेर सुरक्षा दिएको छ । कुटपिटमा पर्ने मिना मन्त्री वलीको पे्रमिको श्रीमति हुन् ।

ईलाका प्रहरी कर्यालय तुलसीपुरमा संभावित घटना हुन नदिन थप प्रहरी बल उतारीएको छ भने जिल्लाबाट एसपी काफ्लेको नेतृत्वमा प्रहरी टोलि पनि आईपुगेको छ । घटना हुँदा एकराज घरमा नभएको बुझीएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी