अनियमित विद्युत कटौती रोक्न नयाँ लाइन बिस्तार गरिँदै


टीकापुर(कैलाली) । कैलालीमा हुँदै आएको अनियमित विद्युत कटौती रोक्नका लागि नयाँ संरचना बिस्तारको प्रक्रिया सुरु भएको छ । अत्तरियादेखि धनगढी क्षेत्रमा ३३ केभीको नयाँ लाइन बिस्तार गर्नका लागि ठेक्का आह्वान भएकोपछि सो प्रक्रिया सुरु भएको हो ।
उक्त लाइन बिस्तार गर्नका लागि साढे ४ करोडमा ठेक्का आह्वान भएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए । उनले नयाँ लाइन विस्तारका लागि ठेक्का आह्वान भई टेण्डर परेपछि सम्झौता गरेर काम सुरु गरिने बताए ।

वर्षाै पहिलेको जनसंख्यालाई आधार बनाएर बिस्तार गरिएको प्रसारण लाइन अहिलेको मागलाई धान्न नसकेपछि गर्मीयाममा अनियमित विद्युत कटौली हुँदै आएको छ । जसका कारण यहाँका उपभोक्ताले हैरानी खेप्न बाध्य हुनु परेको छ । पुरानो लाइनमा करेन्टको लोड बढेपछि तार आफै चुडिने लगायतको समस्याका कारण अहिले पनि विद्युतको आपूर्ति लामो समयदेखि रोकिने गरेको छ । सोही समस्या अहिले यहँका स्थानीयवासीले भोगिरहेका छन् । त्यसकारण पनि उक्त लाइन स्तरवृद्धि गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गर्मी बढेपछि विद्युतको माग पनि बढ्छ । तर अनियमित विद्युत कटौतीका कारण कैलालीवासी भने हैरान छन् । प्राधिकरणका अनुसार विद्युत कटौती हुनुको प्रमुख कारण नै पुरानो संरचना हो । यतिबेला कैलालीको तापक्रम ४२ डिग्री सेन्सियस छ ।

धनगढीमा पनि १३२ केभीको शव स्टेशन राख्ने प्रक्रिया पनि सुरु भएको छ । जसका लागि ५ विघा जग्गा आवश्यक पर्ने देखिएको छ । सुरुवातमा साढे २ विघा जग्गा मात्रै प्राप्त भए केही संरचना निर्माण गर्न सकिने बताइएको छ ।

विद्युत प्राधिकरणले सो स्टेशन राख्नका लागि अहिले जग्गाको खोजी गरिरहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले बताए । उनले उपमहानगरपालिकाकालाई पनि जग्गाका लागि पत्र पठाएको बताए । धनगढीमै १३२ केभीको शव स्टेशन भएपछि आपूर्तिमा थप सहज हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी