यी नायिकालाई दर्शकले दिए बलात्कारको धम्की

मुम्बई । चर्चित टिभी शो ‘पाण्ड्या स्टोर’ कि नायिका सिमरन बुधरुपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका छन् ।

एक अन्तवार्तामा उनले आफुलाई धम्कि आएको खुलासा गर्दै प्रहरीा एफआइआर दर्ता गराएको बताएकी छिन् । उक्त शोमा उनले नकारात्मक भुमिका निर्वाह गर्दै आएकी छिन् । सोही कारण आफुलाई यस्तो धम्कि आएको उनको भनाई छ ।

टाइम्स अफ इण्डियासंग कुरा गर्दै उनले भनिन् ‘मैले हरेक दिन नकारात्मक प्रतिक्रियाको सामना गर्न परिरहेको छ ।’ त्यसो उक्त शोमा उनको चरित्र नै नकारात्मक छ र उक्त पात्रले अनेक नकारात्मक गतिविधी गरिरहन्छ ।

पछिल्लो केही समयदेखी आफ्नो चरित्रलाई सर्वसाधारणले गम्भिर रुपले लिन थालेको अनुभव गरेकी छिन् उनले । उनको भनाई अनुसार उनलाई गाली गर्नेहरु १३/१४ वर्ष उमेर समुहका छन् । त्यो उमेर समुहका किशोरहरुले उनलाई ज्यान मार्ने धम्कि दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी