सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते


तुलसीपुर(दाङ) । सल्यानमा जन्ती बोकेको जीप पल्टिदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–४ निबासी ३२ बर्षका मोतिलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए ।

त्यसैगरी घाइते हुनेमा सोही ठाउँ निवासी ५७ बर्षका मने बुढा, बर्ष ५९ का सहदेव बुढा, बर्ष ५० का चित्रबहादुर बुढा, बर्ष १० की हरिमाया बुढाथोकी, र बर्ष १५ का गोपाल बुढा रहेका छन् । देउलीबाट डोक्चे तर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जीप अनियन्त्रत भएर शनिबार राति ८ बजे मुरेल खोलामा पल्टिएको डिएसपी खड्काले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने चालक फरार रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने