मेयर बालेन्द्र साहले सार्वजनिक गरे काठमाडौं महानगरपालिकाकाे नीति तथा कार्यक्रम

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू बनेको नीति कार्यक्रममा उल्लेख छ ।

‘सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ,’ नीति कार्यक्रममा भनिएको छ, ‘स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौँलाई बस्न योग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।’

काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने निती तथा कार्यक्रममा समेटिएकाे छ ।

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइने भनिएको छ ।

निजी स्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 807 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार