इटहरीमा बलात्कार आरोपमा मगर पक्राउ

सांकेतिक तस्वीर

इटहरी । इटहरीका एक युवाले बलात्कार गरेको आरोप लागेको छ । धरानकी एक युवतीलाई इटहरी ४ का रोशन मगरले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार युवतीले आँफूलाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यलय इटहरीमा जाहेरी दिएकी हुन् । युवतीको उजुरीपछि मगरलाई पक्राउ गरी मुद्धा चलाएको प्रहरीले जनाएको छ ।

यस्तो हो घटना
प्रहरीका अनुसार मगरले धरानकी एक दलित परिवारकी केटीलाई भगाएर विवाह गरेका थिए । तर, मगरका परिवारजनले भने अस्वीकार गरेपछि दलित केटीका परिवारले बलात्कार आरोपमा जाहेरी दिएका हुन् ।

प्रहरीले दिएको जनाकारी अनुसार ती युवती १२ दिनसम्म केटाको घरमै बसेकी थिइन् । पछि घरपरिवारसँग कुरा नमिलेपछि सो घटना बाहिरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान