मेयर साहको परीक्षा अनुगमन विवादित बन्दै

ज्नकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहद्वारा परीक्षामा भइरहेको अनुगमनको चारैतिर आलोचना हुँदा पनि उनले अनुगमन कार्य जारी राखेका छन् । ८ कक्षाको अहिले परीक्षा चलिरहेको छ । परीक्षामा प्रत्येक दिन अनुगमन गर्न विद्यालय पुग्छन् । एउटा कोठामा सात जना आठ जना लिएर पुग्दा विद्यार्थीहरुलाई समस्या भइरहेको छ । परीक्षा हलमा फोटो खिचाउनेदेखि विद्यालयका सुधारका सम्बन्धमा मेयर साहले छलफल गर्छन् ।

यो गलत कार्य हो यस्तो अनुगमन हुँदैन धेरैले भन्दा पनि उनले कसैको कुरो टेरिरहेको छैनन् । परीक्षामा खटिएका एक निरिक्षकका अनुसार विद्यार्थीहरु कपीमा के लेखिरहेका छन् त्यो पनि देख्छन् नै योसंगै फोटो सेसन पनि गराउँछन् । परीक्षा यसले कुनै हालतमा मर्यादित बन्दैन नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले बताए । विद्यार्थीलाई समस्यामा पार्ने कार्य कहीबाट हुनुहुँदैन उनो कथन रहेको छ ।

आफूले पढेका, बुझेका कुरालाई प्रभावकारी रूपमा उत्तरपुस्तिकामा उतार्न परीक्षा हलको वातावरण शान्त र व्यवस्थित हुन निकै आवश्यक हुन्छ । जब वातावरण खलबलिन्छ, तब परीक्षार्थीको दिमाग पनि खल्बलिन र अशान्त हुनपुग्छ, जसले गर्दा आफूले पढेका कुरा प्रभावकारी लेख्न परीक्षार्थीहरू असमर्थ हुन्छन् । र यसले नतिजालाई नराम्रो रूपमा प्रभाव पार्छ । यति कुरा सबैले बुझी रहेका छन तापनि यस्ता घटना वरावर भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले केही महिनादेखि परीक्षाको अनुगमनमा जाँदा प्रत्येक हलमा फोटो सेसन गराउने गर्छन् । मेयर साहसंग जुनवेला पनि दूईवटा फोटोग्राफर रहन्छ । ती दूबै फोटोग्राफर बेराबेरी फोटो खिच्ने गरेको नगरपालिकाकै एक कर्मचारीले वताए । डरले विद्यार्थी केही बोल्दैन तर यसको दूरुपयोग मेयरले गरिरहेका छन् ।

विद्यार्थीले परीक्षाअघि जति नै मिहेनत गरे पनि परीक्षाको बेला आफूले बुझेका कुरा लेख्न सकेन भने उसको परिश्रम र लगन खेर जान्छ । अझ हाम्रोजस्तो मुलुकमा व्यक्तिको क्षमता उसको शैक्षिक योग्यतामा मात्र निर्भर हुने भएकाले परीक्षाले धेरै महत्व राख्छ । त्यसैले परीक्षा हल शान्त हुन जरुरी हुन्छ । तर यसको ख्याल गर्दैनन् ।

अनुगमनमा केहीदिन अघि उपमेयर रीताकुमारी मिश्रले मोवाइलमा कुराकानी गरिरहेकी थिइन् जसको समाचार आएपछि त्यसको निकै आलोचना भएपछि उपमेयरले सुधार गरेकी छिन् तर मेयरका फोटो सेसन जारी नै रहेको छ । विद्यालयको अवस्था लगायतका कुराकानी उनले परीक्षहलमै गरेको निरिक्षकको रुपमा रहेका एक शिक्षकले बताए ।

फेरी यो अवस्था जनकपुरधाम उपमहानगरपालिको मात्रै छैन । अधिकांश स्थानीयतहमा यसप्रकारको अनुगमनको क्रममा देखिन्छ । कुनै परीक्षा हुँदा अवलोकन र अनुगमनको नाममा जनप्रतिनिधिको हुल परीक्षा हलमा देखिने गरिएको छ । मेयर के वडाध्यक्ष वडा सदस्य सम्मले परीक्षाभरी परीक्षा कोठामा घूमिरहन्छन् नेपाल शिक्षकसंघ प्रदेश २ का अध्यक्ष यादवले बताए ।

परिक्षाको मर्यादा नाघेर जनप्रतिनिधिले शेल्फि लिने र फोटो शेसन गर्ने गरेका छन्। नयाँ मान्छे परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थी डराउने गर्छन् ।
अनुगमनको नाममा विद्यार्थीलाई हतास् बनाउने काम कहीवाट हुनु हुँदैन नेपाल शिक्षकसंघ प्रदेश २ का अध्यक्ष यादवले बताए । जे गर्नु छ विद्यालय बाहिर गर्दा पनि हुन्छ उनको सल्लाह रहेको छ । परीक्षार्थीलाई भित्र मोबाइलसम्म जान नदिने तर अनुगमन गर्नेहरु मोबाइल लगेर कुराकानी गर्ने फोटो खिचाउने यो कहाँको नैतिकता हो एक परीक्षार्थीको प्रश्न रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि