स्वर्ग जाने बाटो भत्किँदाको पीडा

काठमाडौं । मुख्य पात्रले सपनामा स्वर्ग देख्छ । उसले त्यो कुरा बिहान सबैलाई सुनाउँछ । अनि पहाडको टुप्पाबाट स्वार्ग जान सकिन्छ भन्छ । गाउँलेहरुले अप्ठेरो भिरको बाटो खन्दै पहाडको टुप्पोमा पुग्छन् । त्यहाँ बनाईएको स्वर्ग जाने बाटो ढल्छ । अनि सबै लड्छन र स्वर्ग जाने सबैको सपना चकनाचुर हुन्छ । उनीहरु निकै पीडामा हुन्छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट सुरु भएको ‘बहुभाषिक नाट्य उत्सब २०७९’को उद्घाटन समारोहमा मञ्चन गरिएको नाटक स्वर्ग जाने बाटोको कथासार हो यो । यो नाटक लिएर इलाम स्थित फिक्कलका केही उत्साहित लाप्चा नाट्यकर्मीहरु पहिलो पटक मञ्चमा उत्रिए । नाटकले अपरिपक्क योजना र सपनाहरु पूर्ण नहुने सन्देश दिएको थियो । उनीहरुको नाट्य प्रस्तुति हेर्दा कुर्नै पनि दृष्टिकोणबाट नयाँ देखिँदैन थिए । तर आफुहरु नयाँ रँगकर्मी भएको उनीहरुको जिकिर थियो ।

बहुभाषिक नाटक उत्सब २०७९ :

लाप्चा भाषा बुझ्न दर्शकहरुलाई केही कठिन भए पनि उनीहरुको प्रस्तुतिले नाटकलाई जो कोहीले पनि प्रस्ट बुझे । उनीहरुको संस्कृति, नाचगान र अभिनयमा रमाएका दर्शकले सवा एक घन्टा बितेको पत्तै पाएनन् ।

यो नाटकमा स्थानीय कलाकारहरु सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए । निर्देशक सोङकित लाप्चाको काम निकै प्रसँसनीय थियो ।

यसरी आईतबारबाट सुरु भएको यो उत्सब अब आगामी शनिबारसम्म जारी रहने छ । यो उत्सबको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सबको सँयुक्त उद्घाटन गरे ।

नेपाल बहुजाती तथा बहुभाषिक मुलुक भएकाले यस्तो नाटक उत्सब नियमित रुपमा आयोजना गर्नु पर्ने भनाई उत्सबको उद्घाटन समारोहमा उपकुलपति डा. गुरुङले राखे । यस्ता नाटक उत्सबले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने विश्वास उनले सो क्रममा व्यक्त गरे ।

प्रतिष्ठानका सदस्य सचिब तमोटले उत्सबमा मञ्चन हुने सबै नाटकहरु फरक फरक समुदायका र उत्कृष्ट भएको बताए ।

उत्सब संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको बताईन् । आईतबारबाट सुरु भएको यो उत्सब सप्ताहव्यापी रुपमा आयोजना हुने र हरेक दिन दर्शकले यहाँ फरक फरक समुदायका नाटक हेर्न पाउने उनले बताईन् । आरोहण गुरुकुलमा हरेक साँझ ४ः३० बजे नाटक हेर्न आउन उत्सब संयोजक शर्माले कार्यक्रममा सबैलाई निम्ता गरेकी छिन् ।

आईतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ । महोत्सबमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ । यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ । आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 425 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह