अमेरिकन पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ


नकपुरधाम । धनुषामा अमेरिकन पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मुजफ्फरपुर–७ साहेबगंज बस्ने २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेका छन् ।

सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको प्रहरी टोलीले आज धनुषाको विदेह नगरपालिका–१ महिनाथपुरस्थित सीमानाकामा जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बि आर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्दा सो कारको अगाडी पट्टीको बायाँ साईडको सिटमुनिबाट मेड इन युएसए लेखिएको ७.६५ राउण्ड एक थान लोड भएको पेस्तोल बरामद गरेको छ ।

हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको छ । यस’boutमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना