सम्पदा संरक्षणमा नवनियुक्त पर्यटनमन्त्रीको जोड


काठमाण्डाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सोमबार पदभार सम्हाल्दै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोड्ने गरी ट्रेलहरु निर्माणमा जोड दिएका छन् ।

उनले परभार ग्रहण गरेलगत्तै पर्यटन उद्योग र सम्पदासँग सम्बन्धीत दुइवटा निर्णय गरे । जसमा कोभिड १९को महामारीले पर्यटन उद्योगमा पारेको असरलाई उकास्नका लागि गरिएका अध्ययनहरु कार्यन्वयन गर्ने गरी अध्ययन गर्ने निर्णय गरेका छन् । सात दिनभित्र अध्ययन गरी प्रतिवेदन तयार पार्ने निर्णय समेत भएको छ ।

त्यसैगरी उपत्यकाका सम्पदाहरुमा पर्यटकलाई अझ आकर्षित गर्नेगरी र पर्यटकको बसोबासलाई बढाउन सकिने गरी सम्पदालाई जोड्ने ट्रेल निर्माणको अध्ययन गर्ने र हनुमानढोकादेखि स्वयम्भुसम्मको हेरिटेड वाकको निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेका छन् । उनले २०७४ सालमा सांसदभएदेखि नै सम्पदा पदमार्गको विषयलाई उठाउँदै आएका र त्यसमा काम गर्दै आएका छन् । हुनमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा पदमार्ग शुरु गर्ने विषयमा धेरै काम भैसकेको छ । उनी आफ्नो कार्यकालमा त्यसको शुरुआत गर्न चाहान्छन् ।

गणेशमान, पुष्पलाल, मदन भण्डारीको सालिकमा पर्यटनमन्त्री श्रेष्ठले माल्यापर्ण गरे


नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लैनचौर, शोभाभगवती पुगेर शहिदहरुको सालिकमा माल्यापर्ण गरेका छन् । उनले गणेशमान सिंहको सालिकमा पनि माल्यापर्ण गरे । उनले बल्खुमा पुगेर मदन भण्डारीको शालिकमा समेत माला अर्पण गरे । पुष्पलाल स्मृति पार्क पुगेर पुष्पलालको सालिकमा समेत माल्यापर्ण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल