कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

वासिङ्टन । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताउएका हुन् ।

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘फोनवार्तामा दुई नेताबीच आपसीरूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत हुनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ । चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यस’bout जानकारी गराएको हो ।

उक्त अवसरमा उनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौता’bout पनि छलफल भएको थियो । उनीहरूले व्यापार सम्झौता चीन र अमेरिकाबीचको उल्लेख्य उपलब्धिहरू भएको भन्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता