रौतहट। आफनै घरमा सुतिरहेकी आफनै भाउजू माथि खुकुरी प्रहारी गरी हत्या गर्ने प्रयासमा रहेका देवरलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको आरोपमा रौतहटको यमुनामाई गाँउपालिका वाड नं. १ का राजकुमार सहनीलाइ इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।
आफनै जेठी भाउजू पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडामा प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले जानकारी दिएका छन । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी महतोले बताए । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताए । घाइते पुनमको अबस्था गम्भीरहेको र उनको उपचारी बिरगंज स्थीत न्युरो अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
केही दिन यता रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ । गत माघ १५ गते ईशनाथ नगरपालिका वाड नं. ८ मन्सरीका एहतेसामुल हकको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो । प्रेमीका भेट्न राजपुर गएका हकको हत्या उनकै प्रेमीकाको भाइहरुले गरेका थिए ।
यसै गरी माघ २८ मा रौतहटको दुर्गा भगवती गाँउपालिका वाड नं. ३ पर्सा टोलका ७० वर्षीय फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा उनकै छोरा राजकुमार पण्डितले हत्या गरेका थिए ।
यस्तै कटहरीया नगरपालिका वाड नं. २ जमुनीयामा पानी तान्ने मोटर पम्पको विषयमा विवाद हुँदा २० वर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरिएको थियो ।






