प्रदेश–२ मा नेकपा र कांग्रेसको प्रस्तावित नाम अस्वीकृत

जनकपुरधाम । प्रदेश २ को नामलाई लिएर नेपाली काँग्रेस र नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । मिथिला भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको छ ।

प्रदेश सभामा मंगलवार भएको मतदानमा कांग्रेसको प्रस्तावमा २८ मत परेको थियो । नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले राखेको प्रस्ताव निर्णयार्थ पेश गर्दा मात्र २८ मत परेको प्रदेश सभाका सभामुख सरोजराय यादवले घोषणा गरे । प्रदेश सभामा कांग्रेसका १९ सांसद मात्र छन् ।

यसअघि आजै भएको मतदानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अघि सारेको प्रदेशको नाम ‘जानकी’ पनि अस्वीकृत भएको थियो ।

मतदानमा जानकीको पक्षमा ३७ मत मात्र परेको हो । एक सय ७ प्रदेशसभा सदस्यमध्ये ३७ ले मात्र जानकीको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मतदान भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नाम प्रस्ताव पेश गर्ने सहमति भएको थियो । राजधानी जनकपुरधाम कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ ।

नेकपा र कांग्रेसको प्रस्ताव अस्वीकृत भएपछि अब राजपा र संघिय समाजवादी पार्टीको प्रस्ताव माथि निर्वाचन हुने छ ।
कांग्रेसको प्रस्तावसमेत अस्वीकृत भएमा राजपा र समाजवादीले अघि सारेको मधेश प्रदेश माथि मतदान हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि