नेवाः पहिचानका विविध आयामका विषयमा गोष्ठी हुने

काठमाडाैं । नेवाः पहिचानका लागि नेवा भाषा, नेवा संस्कृति, नेवा सञ्चारका बहुआयामिक विषयमा वल्र्ड नेवाः दबु, नेपाल च्याप्टरको आयोजनामा नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी शुक्रबार र शनिवार राजधानीमा हुने भएको छ।
नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठका अनुसार दुइ दिने गोष्ठीमा करिब १ दर्जन कार्यपत्र प्रस्तुत हुनेछन् । नेवा संस्कृतिसहित समसामयिक विषयमा जनमत बनाउने, विचार विमर्श शुरुआत गरी नेवाः का गतिशिलता र बैज्ञानिकताका सम्वन्धमा अध्ययन गरी कार्यपत्र प्रस्तुत हुनेछन् ।

सो गोष्ठीको पहिलो दिन डा.मिलन शाक्यले नेवाः पहिचानका विविध आयाम विषयमा प्रस्तुत गर्नेछन् । नेवाः शिक्षा र सञ्चार विषयको पहिलो सत्रमा प्रा.डा.चुन्दा बज्राचार्यले नेपालको शिक्षाप्रणालीमा नेपालभाषा, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपाल भाषाको पत्रकारिताले समात्नुपर्ने बाटो, र लिपि अध्येयता शरद कसाःले नेपाल लिपिको ’bout कार्यपत्र प्रस्तुत गर्नेछन् । पहिलो सत्रको अध्यक्षता प्राडा ओमकारेश्वर श्रेष्ठले गर्नेछन् ।

दोस्रो सत्रमा किरण के रञ्जितले विश्वमा नेवाः, प्रेमराज शिल्पकारले पहिचानको लागि भएको आन्दोलन र श्याम मानन्धरले नेपाल संवत् र शंखधर साख्वाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।दोस्रो सत्रको अध्यक्षतामा डा। विजयप्रकाश सैंजुले गर्नेछन् ।

शनिबार हुने तेस्रो सत्रमा जितेन्द्र बज्राचार्यले नेवाः संस्कृति गणेश, शोभा श्रेष्ठले हाकु पटासी र वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले नेवाः पहिचानको अतिक्रमण विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस सत्रको अध्यक्षता इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठले गर्नेछन् । चोथों सत्रमा राजनलाल जोशीको अध्यक्षतामा नेवाः अमूर्त संस्कृति अन्तर्गत पत्रकार रत्न मनले येँया पून्हि, विराजकाजी राजोपाध्यायले अण्डा सगुन र त्रिरत्न मानन्धरले दाफा ’bout कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सोही दिन लोककवि राजभाई जकःमीले संकलन गरेको नेवाः पुर्खा विषयक सचित्र पुस्तकको लोकापर्ण गर्ने बताइएको छ ।
गोष्ठीबाट निस्किने निचोडका आधारमा प्रतिवेदन र घोषणापत्र जारी गर्ने नेपाल च्याप्टरका उपाध्यक्ष रमेशमान मुनिकारले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

कुरी-कुरी