भीमदत्तनगर । श्रीमानको कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार मदिरा सेवन गरी पुनर्वास–८ ‘क’ गाउँका ६३ वर्षीय सफली बयाडीले श्रीमती ६० वर्षीया खञ्जुरी बयाडीलाई लाठी प्रहार गरी कुटपिट गरेको बताउनुभयो ।
“श्रीमानले कुटपिट गरेपछि वृद्धालाई उपचारका लागि अस्पताल पनि लगिएको रहेछ”, उहाँले भन्नुभयो, “मङ्गलबार घर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।”
हत्यामा संलग्न बयाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक वृद्धाको शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
साभार : रासस
तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)






