जनकपुरधाम, ४ चैत । अवैध ३ लाख भारु सहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टवाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाईन्सबाट काठमाण्डौ जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २० वर्षीय शिवम कुमारलाई पक्राउ गरेको छ ।
शिवमले बोकेको कालो झोला र शरिरमा राखि रहेको वेलामा चेक जाँच गर्दा कपडाको झोला भित्र दुई हजारको १सय ५० थान भारतीय नोट प्रहरीले बरामद गरेका हुन् ।
अवैध तरिकाले विना स्रोतको ३ लाख भारतीय रुपैयाँको कारोवार गरेको भन्दै प्रहरीले पक्राउ गर्दै शिवम कुमारलाई आबश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक अशोक कुमार झाले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)







