सर्लाहीमा कोरोना भाइरस विरुद्ध सहायता कक्ष संचालन

सर्लाही,४ चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएको छ। सर्लाहीमा पहिलो पटक कोरोना भाइरस संक्रमणविरुद्ध सहायता कक्ष संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मंगलबारबाट शुरु भएको सहायता कक्ष जिल्ला प्रशासन कार्यालयमा दैनिक आउने सेवा ग्राहीले लाभ लिन सकने बागमती सेवा समाजले जनाएको छ ।

बागमती सेवा समाज नेपालको प्राविधिक सहयोगमा कोरोना विरुद्धको सहायता कक्षको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले कोरोनाबाट विश्व नै आतंकित भइरहेको अवस्थामा कोरोना संक्रमणको प्रारम्भिक तापक्रम जाँच गर्नका लागि सहायता कक्ष स्थापनाले सर्वसाधारणलाई ठूलो राहत पुग्ने उहाले बताउनुभयो ।

“कोरोनाको उद्गम थलो चीन र कोरोना संक्रमण द्रुत गतिमा बढिरहेको भारतको बीचमा रहेको नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।” प्रमुख चौधरीले भन्नुभयो “संक्रमित व्यक्तिको उपचार र थप संक्रमण फैलिन नदिन यस प्रकारको सहायता कक्षले ठूलो भुमिका खेल्न सक्छ ।

सोही अवसरमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सर्वसाधारण नागरिकको आवतजावत हुने जिल्ला प्रशासन कार्यालयमा कोरोना विरुद्धको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्नेछ प्रमुख जिल्ला अधिकारी जीसीले भन्नुभयो ।सहायता कक्ष उद्घाटनका अवसरमा बोल्नुहुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकोले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको कार्यालय हाताभित्र शुरु गरिएको सहायता कक्षमा इन्फ्रारेटेड थर्मामिटरको माध्यमद्वारा नागरिकको तापक्रम नाप्ने र ज्वरोका साथै रुघा खोकी, श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षण देखिएमा तत्काल जिल्ला अस्पतालमा थप जाँचका लागि सिफारिश गरी पठाउने जानकारी समेत अध्यक्ष कार्कीले दिनुभयो ।

दैनिक ३ सयभन्दा बढी सर्वसाधारणको आवत जावत रहने जिल्ला प्रशासन कार्यालयमा संचालित उक्त कोरोना विरुद्धको सहायता कक्षमा ३ जना स्वास्थ्यकर्मीको टोली खटिएको छ ।कोरोनाविरुद्ध जानकारी समेत प्रदान गरिएको उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल, जनस्वास्थ्य प्रमुख सुशिल कुमार झा, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर लगायतले कोरोना संक्रमण विरुद्ध एकजुट भएर लाग्नु पर्ने कुरा बताउनुभएको थियो ।

संस्थाको व्यवस्थापन प्रमुख गजेन्द्र साहले विदेशवाट फर्कि आएका व्यक्तिहरु कोरोना संक्रमणको जोखिममा हुने र उनीहरु राहदानी नविकरणका लागि प्रशासनमा आउने हुँदा कोरोनाको थप संक्रमण फैलिन नदिनका लागि सहायता कक्ष शुरु गरिएको बताउनुभयो । करीब १ सय जनालाई सेवा पु¥याइएको सहायता कक्षको पहिलो दिन साबुन पानीले हात धुन सिकाउनुका साथै मास्क समेत वितरण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 539 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार